Wilson Bikram Rai
Movie's Credit : Cast / Special Appearance / Producer / Executive Producer / Screenplay / DialogueSong's Credit : Cast / Director / Lyricist / Singer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
फागुन २७ मा ‘आकासे खेती’

चलचित्र ‘आकासे खेती’ को पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २७ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको दुई पोस्टर सार्वजनिक गरिएको हो ।
उदय सुब्बाको निर्देशन रहेको चलचित्रमा गौरव पहारी, विल्सन बिक्रम राई ‘तक्के बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर वाङ्देल लगायको मुख्य भुमिका चलचित्रमा छ । चलचित्रको फष्टलुकमा पनि यी नै कलाकारले प्रथामिकता पाएका छन् ।
युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्वतियन शरणार्थीको विषयमा निर्माण भएको यो निर्देशक सुब्बाको १८ औं चलचित्र हो । यस अगाडि सुब्बाले थुप्रै सफल चलचित्र दिएका छन् ।
केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ, दीलप्रकाश याक्सो निर्माता रहेको चलचित्रको कथा निर्देशक आफैले तयार पारेका हुन् । चलचित्रको सम्वाद भने कलाकार विल्सन बिक्रम राई ‘तक्के बुढा’ले लेखेका हुन् ।
एसएस इन्टरनेशनल चलचित्रस् र ताक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्धोन्द, रामजी लामिछाने र राजिवको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत छ ।
चलचित्र जि.जि ग्रुपका करण श्रेष्ठले उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर बितरण गर्नेछ । चलचित्र युवादेखि बृद्धसम्मको रुचिलाई ध्यानमा राखेर निर्माण गरिएको निर्देशक सुब्बाले बताए ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri