This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘लभ यु हमेशा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘लभ यु हमेशा’को ट्रेलर सार्वजनिक गरिएको छ । त्रिकोणात्मक प्रेमकथाको चलचित्रको ट्रेलरमा अभिनेता यशराज र अभिनेत्रीद्वय फिजा योन्जन र ऋचा थापाबीचको प्रेम र त्यसमा आउने आरोह–अबरोह प्रस्तुत गरिएको छ ।
धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङको निर्माण र मिलन गुरुङ सहनिर्माता रहेको चलचित्र कार्तिक २२ गतेबाट प्रदर्शन हुँदैछ । त्यसको एक साता अघि कार्तिक १५ बाट भारतमा केही शहरहरुमा चलचित्र प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ । भाष्कर प्रधान भासुले निर्देशन गरेको चलचित्रलाई उनैले लेखेका हुन् ।
चलचित्रमा यशराज र फिजाका अलवा ऋचा थापा, गोपाल ढकाल, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा शिब ढकालले छायाँकन, कमल राईको कोरियोग्राफी र एनबी महर्जनको द्धन्द्ध निर्देशन छ ।
New Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel
Next Releases (Baishak 19)
-
Jhilko : The Spark
Director : Yadav Kumar Bhattrai
Casts : Sunil Pokharel, Barsha Shiwakoti, Bishal Pokharel, Aayushi Dhakal, Bholaraj Sapkota