This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘प्रेम दिवस’को दोस्रो गीत सार्वजनिक

चलचित्र ‘प्रेम दिवस’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘बरु अर्को जुनी’ बोलको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर, दिपक शर्माको संगीत र शान्तिप्रियको शब्द रहेको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा प्रियंका कार्की, आयुष्मान देसराज जोशी र विशाल खरेललाई फिचर्ड गरिएको छ ।
गीत रिलिजसँगै चलचित्रको प्रदर्शन मिति समेत तय गरिएको छ । यसअघि जेठ ३ बाट प्रदर्शन हुने भनिए पनि उत्त मिति पोस्टपोन्ड भएको थियो । अब भने यो चलचित्र जेष्ठ ३१ गतेबाट प्रदर्शनमा आउने पक्का भएको हो ।
म्युजिकल लभस्टोरी जनराको चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । मनिष दाहाल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । चलचित्रमा प्रदीप भारद्वाजको लेखन, रोशन श्रेष्ठको द्वन्द्व, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र मानकृष्ण महर्जनको छायांकन छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri